ओपनर कुशल भुर्तेलले एसियाली खेलकुद छनोट अन्तर्गत चीनविरुद्ध शतक पूरा गरेका छन्।
विष्फोटक ब्याटिङ गरिरहेका कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका हुन्।
नवौँ ओभरमा लगातार ६ छक्का प्रहार गरेका कुशलले दीपेन्द्र सिंह ऐरिको रेकर्ड तोडेका छन्।
नेपालका लागि दिपेन्द्रले टी २० आईमा ८९ छक्का प्रहार गरेका थिए। यो रेकर्ड तोड्लै कुशलले ९५ छक्का हानेका छन्।
सिंगापुरको सिंगापुर नेशनल क्रिकेट स्टेडियममा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १२ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा १ सय ६५ रन बनाएर खेलिरहेको छ।
क्रिजमा कुशल भुर्तेल १०० र कुशल मल्ल ४० रनमा अविजित छन्।

120
Shares

प्रतिक्रिया