जापानमा हुने एसियाली खेलकुदको छनोटका लागि जारी महिला क्रिकेट छनोटमा चीनविरुद्ध नेपाली टोली संर्घषपूर्ण अवस्थामा छ।
मलेसियाको वायोमास ओभलमा तेस्रो स्थानका लागि जारी खेलमा वर्षा बाधक बन्दा खेल ७ ओभरमा छोट्याइएको छ।
तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो।
खेल रोकिँदा नेपालले ३ विकेट गुमाइसकेको थियो।
अहिले चौथो ओभरको खेल जारी रहँदा नेपालले ३ विकेटको क्षतिमा १० रन बनाएको छ।
तेस्रो ओभरमा नै नेपालले २ विकेट गुमाएको थियो।
पूजा महतो दोस्रो ओभरमा नै १ रन बनाउँदा क्याच आउट भइन्।
सम्झना खड्का ५ र रुवि पोडार शुन्य रनमा नै आउट भए।
243
Shares

प्रतिक्रिया