साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक नविन न्यौपानेले रेनुका नगरकोटेको कप्तानीमा श्रीलंकाविरुद्ध आफ्नो पहिलो रोजाइका खेलाडी छनोट गरेका छन्।
आजको खेलमा प्रशिक्षक न्यौपानेले चार खेलाडी परिवर्तन गरेका छन्।
आजको खेलमा नियमीत गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा प्लेइङ ११ मा नपरेपछि टोलीको कप्तानी रेनुकाले गर्नेछिन्।
आज नेपाली टोलीको गोलपोष्ट अञ्जना रानामगरले गर्नेछिन्। भुटानविरुद्धको खेलबाट एञ्जिला तुम्बाप्पो सुब्बा, पुजा राना, अनिता बस्नेत, अनिता लम्जेल बेन्चमा छन्।
उनीहरुको स्थानमा अञ्जना राना मगर, प्रतिक्षा चौधरी, सरु लिम्बु, मिना देउवा पहिलो रोजाइमा खेल्दैछन्।
नेपालको सुरुवाती ११
अञ्जना राना मगर, रेनुका नगरकोटे, विमला विक, हिरा कुमारी भुजेल, सरु लिम्बु, गिता राना, रेखा पौडेल, मिना देउवा, प्रतिक्षा चौधरी, रश्मी कुमारी घिसिङ, दिपा शाही
Shares

प्रतिक्रिया