खेल


१० खेलाडीमा सीमित नेपालविरुद्ध अस्ट्रेलिया ३–० गोल अन्तरले विजयी

१० खेलाडीमा सीमित नेपालविरुद्ध अस्ट्रेलिया ३–० गोल अन्तरले विजयी

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १८:१,

समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपालले फिफा विश्वकप तथा एशियन कप छनोट यात्रा खेल सकेको छ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको हो।

८ खेलबाट ६ अंक जोडेको नेपालले समूह ‘बी’को चौथो स्थानमा रहेर छनोट यात्रा टुंग्याएको हो। नेपालले समूह चरणमा २ जित र ६ हार व्यहोर्यो।

नेपाललाई पराजित गरेसँगै समूह चरणमा अष्ट्रेलियाले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

No description available.

जितसँगै अष्ट्रेलियाले ७ खेलबाट २१ अंक बनाएको छ।

नेपालले समूह चरणमा चाइनिज ताइपेईलाई दुवै खेलमा समान २–० ले हराउनुबाहेक अन्य खेलमा जित हात पार्न सकेन।

एकपक्षीय खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोल खान पुग्यो।

नेपाली टोली खेलको पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा डिफेन्डर रोहित चन्दले रातो कार्ड खाँदै मैदान छाडेपछि नेपाल १० खेलाडीमा समेटिएको थियो।

पेनाल्टी क्षेत्रबाहिर वन भर्सेस वनको स्थितिमा मार्टिन बोएल अघि बढेको अवस्थामा फाउल गरेको भन्दै रेफ्रीले रोहितलाई रातो कार्ड देखाएका थिए।

पहिले हाफको छैटौँ मिनेटमा नै नेपाल १–० गोल अन्तरले पछि परेको थियो।

कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्।

No description available.

खेलको ३८औँ मिनेटमा फ्रान्क कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे।

खेलको ५७ औँ मिनेटमा मार्टिन बोयलले गोल गर्दै फराकिलो जित दिलाए।

छनोट चरणको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो।

जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ।

पराजित नेपालको एशिया कपको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ।

नेपालले अब एशियन कपको तेस्रो चरण पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ।

सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .