खेल


नयाँ सिजनमा पहिलो पटक घरेलु मैदानमा खेल्दै रियल

नयाँ सिजनमा पहिलो पटक घरेलु मैदानमा खेल्दै रियल

नेपालखबर
भदौ ७, २०७६ शनिबार ८:१६,

रियलले घरेलु मैदान सेन्टियागो बेर्नबेउमा शनिबार राति नेपाली समयानुसार १० बजेर ४५ मिनेटमा रियल भल्लाडोलिडसँग पहिलो घरेलु खेल खेल्दैछ।

पहिलो घरेलु खेलमा स्टार मिडफिल्डर लुका मोड्रिच भने हुने छैनन्। सेल्टा भेगाविरुद्धको सिजनको पहिलो खेलमा लुका मोड्रिचले रातो कार्ड पाएका कारण यो खेल गुमाउने भएका हुन्।

अघिल्लो खेल जस्तै ४–३–३ को संरचनामा खेलाए मोड्रिचको स्थानमा प्रशिक्षक जिनेदिन जिदानले जेम्स रोड्रिगेज, इस्को वा फेडेरिको भेलभर्डेमध्ये एउटालाई मैदान उतार्न सक्छन्।

प्रि सिजनमा सबैभन्दा बढी समय मैदानमा विताएको तथा सेल्टाविरुद्धको खेलमा पनि परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका इस्कोको खेल्ने सम्भावना बढी छ।

पहिलो खेल जित्दै रियल ३ अंकसहित दोस्रो स्थानमा छ। आफ्नो पहिलो खेलमा जित हात पारेको भिल्लाडोलिड पनि ३ अंकसहित चौथो स्थानमा छ।

रियलले ला लिगामा भिल्ला डोलिडविरुद्धका पछिल्ला १६ खेलमध्ये १ मा मात्रै पराजय भोगेको छ। १२ खेल जितेको उसले ३ खेलमा बराबरी खेलेको थियो।

भिल्लाडोलिडविरुद्धका ४३ घरेलु खेलमा रियलले ३७ खेल जितेको छ। बाँकी ३ खेलमा हार तथा ३ खेलमा बराबरी खेलेको छ।

रियलले घरेलु मैदानमा भिल्लाडोलिडविरुद्ध हारेको अन्तिम पटक सन् २००० मे मा थियो। त्यसबेला रियल भिल्लाडोलिडविरुद्ध १–० ले पराजित भएको थियो।

भिल्लाडोलिडले आफ्ना पछिल्ला चार ला लिगा खेलमध्ये ३ खेल जितेको छ भने एक खेलमा हार ब्यहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .