ad ad

खेल


जर्मनीविरुद्ध जापानको बराबरी

जर्मनीविरुद्ध जापानको बराबरी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २०:२२, काठमाडौँ

चार पटकको विश्व विजेता जर्मनीविरुद्ध दक्षिण एशियाली पावर हाउस जापानले बराबरी गोल फर्काएको छ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा खेलको ७५ औँ मिनेटमा रिस्तु डोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले गरेको प्रहार किपरले पन्च गर्दै बचाएपनि त्यसकै रिबाउण्डमा उनले जापानलाई खेलमा फर्काएका छन्। 

खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए। पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्। 

खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए। 

खेलको १४ औँ मिनेटमा जर्मनका किमिच जोशुआको प्रहारले पोष्टको दिसा दिन सकेन। १७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन।

खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .