ad ad

खेल


पोर्चुगलका सुपरस्टार रोनाल्डोको स्टारडम ओरालो लागेको हो?

पोर्चुगलका सुपरस्टार रोनाल्डोको स्टारडम ओरालो लागेको हो?

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ८:४८, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ खेलाडीमा परेनन्। उनलाई सुरुवातमै नखेलाउने प्रशिक्षक फर्नान्डो सान्तोसको निर्णय अहिले चर्चाको विषय बनेको छ।

यसअघि उनको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उनलाई अब रोनाल्डोको आवश्यकता नरहेको बताएको थियो।

स्वीटजरल्याण्डविरुद्धको खेलमा सुरुवाती ११ मा बाहिर राख्दै पोर्चुगलको टोलीले पनि सोही किसिमको संकेत गरेको छ। 

त्यसो त रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षकको प्रयोग सफल पनि भयो। विश्व फुटबलकै सुपरस्टार रोनाल्डोलाई बेन्चमा राख्ने आँटको लागि प्रशिक्षक सान्तोसले पनि पुरस्कार पनि पाएका छन्। उक्त खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ ले हरायो। अब पोर्चुगलले विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ।

प्रशिक्षक सान्तोसले दक्षिण कोरियाविरुद्धको अन्तिम समूह खेलमा रोनाल्डोलाई खेलको ६५ औं मिनेटमा बाहिर निकाल्दै उनको स्थानमा स्थानमा युवा खेलाडी गोन्कालो रामोसलाई खेलाएका थिए। यसको निकै आलोचना भएको थियो। तर, रामोसलाई खेलाउने प्रशिक्षकको निर्णय नकआउट चरणको खेलमा भने सही साबित भयो। 

रामोसले स्वीट्जरल्याण्डविरुद्ध शानदार ह्याट्रिक गर्दै आफू र प्रशिक्षकलाई साबित गरे। पछिल्लो केही समययता ३७ वर्षीय रोनाल्डोको शानमा चोट लाग्दै आएको छ। यसअघि म्यानचेस्टर युनाइटेडसँगको करियर झगडाको कारण सकियो। अहिले अनपेक्षित रुपमा पोर्चुगल टोलीले उनलाई सुरुवाती ११ मा बेन्चमा राखेको छ।  रोनाल्डोसँगको पछिल्लो ३१ खेल र २००८ युरोअघिको टोलीको समीकरण टुटेको आभाष हुन थालेको छ। 

प्रशिक्षकको साहसिक निर्णय 


विश्वकपको खेल त्यसै पनि निकै महत्वपूर्ण खेल हो। त्यसको पनि नकआउट चरणको खेलमा जितको विकल्प हुँदैन। तर, पोर्चुगलका प्रशिक्षक सान्तोषले टोलीले मुख्य खेलाडी रोनाल्डोलाई नै सुरुवाती ११ मा राखेनन्। विश्वकपको खेलाडी छनोटको विषयमा यो सबैभन्दा साहसिक निर्णय थियो। पोर्चुगलको प्रशिक्षकको रूपमा सान्तोसको आठ वर्षको प्रशिक्षण करियरको सबैभन्दा ठूलो निर्णय पनि थियो।

सान्तोसले पोर्चुगललाई सन् २०१६ को युरोमा पनि जित दिलाएका थिए। उनलाई पनि आफूले टोलीमा कति ठूलो परिवर्तन गर्न गइरहेको छु भन्ने राम्रोसँग थाहा छ। पोर्चुगलले स्वीटजरल्याण्डविरुद्धको खेल हारेको भए त्यसको आरोप रोनाल्डोलाई नभई प्रशिक्षकमाथि आउने पक्का थियो। यद्यपि खेलको क्रममा उनको अनुहारमा चिन्ताभन्दा पनि आत्मविश्वास झल्किन्थ्यो। 

साथै खेलमा पोर्चुगल थप चुस्त र आक्रामक देखियो। यस्ता खेलमा धेरैको नजर भने रोनाल्डोको उपस्थितिको बारेमा थियो। 

स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलले बर्नार्डो सिल्भा र ब्रूनो फर्नान्डेजजस्ता मिड फिल्डरको भरमा उत्कृष्ट खेल देखाएको थियो। रोनाल्डोको स्थानमा बेन्फिकाका २१ वर्षीय स्ट्राइकर रामोसले खेलिरहेका थिए। उनी पोर्चुगलको टोलीमा अहिलेसम्म खासै चिनिएका थिएनन्। यद्यपि उनले रोनाल्डोको अनुपस्थितिको बोझ भने सहजै उठाए। 

यसअघि खुलेर खेल्न नसकेका निकै प्रतिभाशाली जोआओ फेलिक्स पनि पूर्ण आत्मविश्वासका साथ खेलिरहेका थिए। रामोसले खेलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। यो खेलअघि रोनाल्डोले विश्वकपको नकआउटमा ५१४ मिनेट खेलेका थिए र एक गोल पनि गरेका थिएनन्। तर रामोसले ६७ खेलमै तीन गोल गरे।

३९ वर्षीय डिफेन्डर पेपेले पनि सान्तोसका लागि उमेरले कुनै फरक पार्दैन भन्ने उदाहरण प्रस्तुत गरे। उनले खेलको दोस्रो गोल गरे। खेलमा तेस्रो गोल पनि रामोसले नै गरेका थिए। रामोसले आफूले गोलको अवसर पनि सिर्जना गर्न सक्ने र गोल पनि गर्न सक्ने क्षमता प्रस्तुत गरे। राफेल गुरेरोले चौथो गोल गर्दै खेललाई ४–० को अग्रता दिलाएका थिए।

के सोच्दै थिए रोनाल्डो ?
यस क्रममा क्यामेराको फोकस रोनाल्डोको अनुहारका हरेक भावमा अड्किएको थियो। पोर्चुगलको राष्ट्रिय नायकको अनुहारमा पहिलोपटक म्यानचेस्टर युनाइटेडपछि उनको पोर्चुगल टोलीसँगको करियर पनि समाप्त हुन लागेको हो कि भन्ने भाव देखिन्थ्यो। 
पोर्चुगलको राष्ट्रिय गान सकिएलगत्तै उनलाई सयौं क्यामेराम्यानले घेरेका थिए।  उनको अनुपस्थितिमा पोर्चुगलको टोलीले स्विट्जरल्याण्डलाई नराम्रोसँग हराउने लक्षण देखाएको थियो। 

रामोसका ह्याट्रिकमा पोर्चुगल ५–१ को बराबरीमा पुगेपछि लुसेल रंगशालामा दर्शकदीर्घाबाट ‘रोनाल्डो रोनाल्डो’ले गुन्जिन थाल्यो। गोल गरेपछि रोनाल्डोले गर्ने ‘सियू सियू’ को सेलिव्रेसन गुन्जिरहेको थियो।  त्यसो त धेरै मानिसहरु रोनाल्डोकै खेल हेर्न पनि आएका थिए। 
स्वीटजरल्याण्डका समर्थक पनि टोलीको लागि टाउको दुखाइ बनिरहेका रामोसको सट्टामा रोनाल्डो आउन् भन्ने चाहन्थे। खेलको निर्धारित समय सकिन १६ मिनेट बाँकी रहँदा रोनाल्डोलाई जोआओ फेलिक्सको स्थानमा मैदानमा उतारिएको थियो र उनको स्वागत कुनै पप स्टारकोजस्तै भएको थियो। 

यद्यपि रोनाल्डो केही अनौठो तरिकाले प्रस्तुत भए। उनले केही हीनताबोध गरेको जस्तो देखिन्थ्यो। रोनाल्डोको लागि यसरी नकआउट खेलको अन्तिम समयमा मैदान प्रवेश गर्नु बेकार जस्तो देखिन्थ्यो। यो उनको ढल्दो करियरको संकेत थियो।

जोआओ फेलिक्सको स्थानमा आएका रोनाल्डोले बल पाएपछि मानिसहरू खेलमा केही चमत्कार हुने आशामा थिए। उनीहरु रोनाल्डोको फुटबलको जादु हेर्न आतुर थिए। एकपटक एक उत्कृष्ट सटका साथ बल लिएर तीव्र गतिले अघि पनि बढेका थिए तर रेफ्रीले अफसाइटको झण्डा देखाइदिए।  

यो रोनाल्डोको करियरको सुस्ताएको संकेत हो? 
रोनाल्डो छोटो समयको लागि मैदान प्रवेश गरे पनि उक्त समयको आकर्षण पनि  पोर्चुगलका युवा स्ट्राइकर राफेल लियोले खोसे। उनले टोलीका लागि छैटौं गोल गरे।  

रोनाल्डोले अन्तिम सिट्टी बज्नेबित्तिकै दर्शकसँग खुसी मनाए। त्यसपछि जितमा नायक बनेका साथीहरुलाई छाडेर उनी स्टेडियमबाट बाहिरिए। 

नबआउटको पहिलो खेलमा रोनाल्डोलाई बेन्चमा राखिए पनि यो प्रतियोगितामा उनले अझै निर्णायक योगदान दिन सक्छन्। यद्यपि मोरक्कोविरुद्धको खेलमा उनी सुरुवाती ११ खेलाडीमा देखिने सम्भावना कम छ। 

क्लबका प्रशिक्षक तथा अन्य शीर्ष पदाधिकारीमाथि सार्वजनिकरुपमा आक्रोश व्यक्त गरेपछि रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका थिए। उनी अहिले त्यसकै दुःख पनि भुलाउन खोजिरहेका छन्। 

सायद उनलाई पनि अब पोर्चुगलको टोलीमा पनि आफ्नो स्थान साँघुरिँदै गएको महसुस भएको छ। 

कुनै समय रोनाल्डोलाई पोर्चुगलको भविष्य भनिन्थ्यो। उनले टोलीका लागि केही महत्वपूर्ण उपाधि पनि दिलाएका छन्। यद्यपि अब यी सबै कहानी बन्दै गएका छन्। 

अहिले पोर्चुगलको टोलीको भविष्यको रुपमा रामोस र लियोजस्ता युवा खेलाडी देखिएका छन्। यस्तोमा अब क्लब तथा देशको टोलीमा खुम्चिएका नायकको भूमिका के होला भन्ने प्रश्न उब्जिएको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .