सुदूरपश्चिम


कञ्चनपुर कांग्रेसद्वारा तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस

कञ्चनपुर कांग्रेसद्वारा तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस

नेपालखबर
भदौ २०, २०७९ सोमबार १४:५७, काठमाडौँ

नेपाली कांग्रेस कञ्चनपुरले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरु सिफारिस गरेको छ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले गरेको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। 

जिल्ला सचिव भीम भट्टका अनुसार कञ्चनपुर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिवानसिंह बिष्टको नाम एकल रुपमा सिफारिस भएको छ। 

कञ्चनपुर–१ सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरको पनि निर्वाचन क्षेत्र हो।

चुनावी गठबन्धनको भागबण्डामा यो क्षेत्र कसको भागमा पर्ने निर्णय हुन बाँकी छ। 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य एनपी साउद, पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरा र प्रेमबहादुर बलायरको नाम प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। 

निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य रमेश लेखकसँगै प्रेमबहादुर बिष्टको नाम सिफारिस गरिएको सचिव भट्टले जानकारी दिए। 

उनका अनुसार प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट कृष्णादेवी गिरीको नाम एकल रुपमा सिफारिसमा परेको छ। 

क्षेत्र नम्बर २ बाट पुस्करराज ओझा, देवराज पाठक, श्यामलाल राना, गीताकुमारी चौधरी, भैरव ऐर, वेदप्रकाश चौधरी, रोशनलाल चौधरी, शिरोमणिकुमार ओझा, धर्मराज भण्डारी समानुपातिकमा सिफारिस भएका छन्। 

यस्तै क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ पूर्वमन्त्री तारणीप्रसाद चटौत, अन्तराम भट्ट, बीरबहादुर सुनार, नरेन्द्रसिंह भण्डारी, तारादत्त अवस्थी, मन्सा डगौरा र गोकर्णबहादुर चन्दको नाम सिफारिस भएको सचिव भट्टले बताए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad