सुदूरपश्चिम


माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

गोकुल जोशी
पुस १७, २०७९ आइतबार ११:४६, कञ्चनपुर

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दल नेता चयन भएका छन्।

डडेल्लधुराबाट निर्वाचित भट्ट सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय नेतामा सर्वसम्मत चयन भएका हुन।

आइतबार बसेको माओवादी केन्दका सांसदहरुको बैठकले भट्टलाई सर्वसम्मत दलको नेता चयन गरेको सांसद ओम विक्रम भाट (सरल) ले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा भट्ट र भाटले दाबी गरिरहेका थिए। शनिबारको बैठकमा  दुवैले संसदीय दलको नेतामा दाबी गर्दा नेता चयन हुन सकेको थिएन्। 

संसदीय दलको नेतामा भाटले भट्टलाई समर्थन गरेपछि उनी सर्वसम्मत नेता चयन भएका हुन।

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रमा ११ सांसद छन्। एमाले नेतृत्वको गठबन्धनमा माओवादीले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पनि दाबी गरेको छ।

माओवादी केन्द्रको नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय पन बैठकले गरेको सांसद भाटले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .