सुदूरपश्चिम


जिपले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु

जिपले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १६:१८, कञ्चनपुर

कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लालपुर चोकमा से १ च १४०५ नम्बरको बोलेरोले म २ प ३५०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनमा मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति दुवै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र पछाडि सवार भीमदत्त नगरपालिका–१ शान्तिटोलका ४० वर्षीय दान सिंह धामी रहेका छन्। 

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो। जाँचका क्रममा चिकित्सकले दुवैलाई मृत घोषित गरेका हुन। उनीहरूको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। 

बोलेरो चालक पुनर्वास नगरपालिका–११ डोके बजारका २२ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad