सुदूरपश्चिम


बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

नेपालखबर
चैत ५, २०८२ बिहिबार ९:८, कञ्चनपुर

कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन्।

गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेका हुन्।

जंगलमा बाख्रा चराउन गएका बेला विवाद हुँदा उनले गोली हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए।

उनका अनुसार श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई पनि गोली हानेका छन्।

उनको अवस्था गम्भीर रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad