सुदूरपश्चिम


गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय

गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय

नेपालखबर
बैशाख २१, २०८३ सोमबार २०:४१, खलङ्गा (दार्चुला)

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। 

आज आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कार्यालयको उद्घाटन गर्दै यहाँ कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई सहज हुने बताए।

उनले नागरिकलाई सहज होस् भनेर सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेकाले सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिए।  

कार्यक्रममा शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायतलगायतको उपस्थिति रहेको थियो।

यसअघि दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सेवा लिन महँगो खर्च गर्दै खलङ्गा पुग्नुपर्ने अवस्था थियो। स्थानीय तह, राजनीतिक दल तथा नागरिकको मागअनुसार सरकारले सेवा सहज बनाउन इलाका प्रशासन कार्यालय स्थापना गरेको हो। 

यसबाट शैल्यशिखरसहित अपि हिमाल, नौगाड र मार्मा गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad