बागमती


आसन्न निर्वाचनका लागि भक्तपुर २ मा कांग्रेसबाट ५३ आकांक्षी

आसन्न निर्वाचनका लागि भक्तपुर २ मा कांग्रेसबाट ५३ आकांक्षी

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १४:१४, काठमाडौँ

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा र प्रदेशसभा क र ख को सदस्य बन्न नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार हुने आकांक्षा राखेका छन्। 

कांग्रेसका अनुसार प्रतिनिधि सभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा नौ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेका छन्। त्यस्तै क्षेत्र नम्बर २ (ख) का लागि १० प्रत्यक्ष र १० समानुपातिक गरी २० जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेको कांग्रेसले जनाएको छ। 

क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फका आकांक्षीमा जिल्ला सभापति दुर्लभ थापा, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोदप्रकाश कायस्थ छन्। त्यस्तै समानुपातिकतर्फ जिल्ला नेता अष्ट कवे, नारायणभक्त खायमली, अच्युतप्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मीना ढकाल, सविन ढुङ्गेल र माथवरसिंह बस्नेतले उम्मेदवारको आकांक्षा व्यक्त गरेको जनाइएको छ। 

त्यसैगरी प्रदेशसभा क्षेत्र नं. २ (क) मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सचिव सविन ढुङ्गेलले जानकारी दिए। 

त्यस्तै समानुपातिकतर्फ दीपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरमानसिं बस्नेत, सङ्गीता थापा, शिवराम न्यौपाने, सुवास कार्की, जीवन श्रेष्ठ, रामगोपाल न्यौपाने, रामेश्वर ध्वजु र सुनिता खत्री छन्। 

यस क्षेत्रमा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मको भूगोल समेटिएको छ। गत स्थानीय निर्वाचनमा यहाँका १० वडामध्ये नेपाली कांग्रेसले पाँचवटामा वडाअध्यक्ष पद जितेको थियो भने पाँच वटामा वडाअध्यक्षसहित नगरप्रमुख तथा उपप्रमुख पद नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।

प्रदेश सभा क्षेत्र नं. २ (ख) मा प्रत्यक्षतर्फ उम्मेदवारका लागि दुई जना पूर्वसभापतिसहित १० जनाले आकांक्षा व्यक्त गरेका छन्। मध्यपुरथिमि नगरपालिकाको पूरै भाग समेटिएको यस क्षेत्रको प्रत्यक्षतर्फ उम्मेदवारका लागि पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठसहित नगरसभापति हरिदास प्रजापति, प्रदेशसभा क्षेत्रिय सभापति ओमप्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र (आरसी) श्रेष्ठ, गोकुल शर्मा र महासमिति सदस्य उमेश खड्काले उम्मेदवारको दाबेदारी प्रस्तुत गरेका छन्। 

त्यसैगरी समानुपातिकतर्फ मुरारीप्रसाद आचार्य, उर्मिला बन, बच्चुकैलाश बुढाथोकी, सुवर्णजङ्ग सिजापति, अन्जनादेवी मधिकर्मी, इन्द्रबहादुर प्रजापति, बुद्धिकुमार श्रेष्ठ, कंशबहादुर कोजु, सुशीलाकुमारी सिग्देल र लक्ष्मीशोभा प्रजापतिले उम्मेदवार बन्ने दाबी गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .