बागमती


२४ घण्टामै काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियस बढ्यो

२४ घण्टामै काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियस बढ्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत ८, २०८० बिहिबार १८:४४, काठमाडौँ

मौसम बदली र वर्षाको मात्रा कम भएसँगै बिहीबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ह्वात्तै बढेको छ। 

बुधबार उपत्यकाको अधिकतम तापक्रम १५.४ डिग्री सेल्सियस रहेकामा आज झन्डै ८ डिग्री सेल्सियस बढेर २३.३ डिग्री सेल्सियसमा उक्लेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डले देखाएको छ। 

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार हिजो बुधबार बिहानैदेखि दिनभर मौसम बदली र वर्षा भएका कारण अधिकतम तापक्रम घटेको थियो भने आज बिहान केही बेर घाम लागेकाले तापक्रम बढेको हो। 

‘हिजो दिनभर नै घाम लाग्न पाएको थिएन, आज मध्याह्न अगाडिसम्म बिहान घाम लागेको थियो’, उनले भनिन्। 

दिउँसो भने आज पनि काठमाडौँ उपत्यकामा मौसम बदली (आकाशमा बादल) र हल्का वर्षा भएको छ। ‘अहिले पनि उपत्यकाको उत्तरी क्षेत्रमा छिटपुट पानी परिरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘राति पनि मौसम बदली र छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।’

आज (बिहीबार) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम बढे पनि न्यूनतम तापक्रम घटेको छ। मौसम महाशाखाको विवरणअनुसार बुधबार उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो भने आज १०.९ डिग्री सेल्सियस मात्र मापन भएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया बिहान ८:४५ भित्र न्यूनतम र साँझ ५:४५ भित्र अधिकतम तापक्रम देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .