मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईनजिक कन्टेनर सडकै ढाकेर पल्टिँदा अवरुद्ध पूर्वपश्चिम राजमार्गमा एकतर्फी गाडी चल्न थालेका छन्।
वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहीबार (आज) बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिँदा सडक राजमार्ग बन्द भएको थियो।
करिब दुई घण्टापछि एकतर्फी रूपमा यातायात खुलाइएको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए।
क्रेनको सहायताले उक्त लहरी ट्रक साइड लगाएर एकतर्फी रूपमा गाडी सञ्चालनमा ल्याइएको हो।
दुर्घटनामा लहरी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।
उनको दाहिने हातमा चोट लागेको छ। उनी अहिले हेटौँडा अस्पतालमा उपचाररत छन्।
390
Shares

प्रतिक्रिया