बागमती


नेपालमा लोडसेडिङ पूर्ण अन्त्य भएको छ : कुलमान घिसिङ

नेपालमा लोडसेडिङ पूर्ण अन्त्य भएको छ : कुलमान घिसिङ

नेपालखबर
चैत ११, २०८१ सोमबार १८:४०, हेटौँडा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन्।

सोमबार (आज) मकवानपुरको राक्सिराङ गाउँपालिका–५ खैराङमा पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले लोडसेडिङ अन्त्य हुनुमा आफ्नो मात्रै हात नभएर सरकारको पहलबाट सफल भएको बताए। 

उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए।

‘बजार क्षेत्रमा २४ सै घण्टा विद्युत दिएर देशमा लोडसेडिङ थिएन भन्नु गलत थियो,’ उनले भने, ‘म विद्युत प्राकिरणको कार्यकारी नियुक्त भएर जिम्मेवारी सम्हालेपछि अहिले गाउँ÷गाउँमा बिजुली पुगेको छ। त्यतिमात्रै होइन, लोडसेडिङको पूर्ण अन्त्य भएको छ।’

उनले यसको लागि आफूले निष्ठापूर्वक काम गरेको बताए। आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनले बताए। 

‘नेपालमा खपत भएर बचेको विद्युत छिमेकी मुलुक भारतमा निर्यात गरिरहेका छौँ,’ उनले भने, ‘यति मात्रै होइन पछिल्लो समय बंगलादेशले पनि नेपालमा उत्पादन भएको बिजुली बालिरहेको छ। यो नै नेपालका लागि ठुलो उपलिब्ध हो भन्न सकिन्छ।’ 

विकटमा नागरिकहरुका लागि प्राधिकरणले निशूल्क मिटरबक्स समेत वितरण गर्दै आएको निर्देशक घिसिङले बताए।

राक्सिराङको ९ नम्बर वडा अन्र्तगत पर्ने खैराङ, कार्रालाङ लगाएतका गाउँमा पहिलो पटक विद्युत पुगेको हो। यो सँगै गाउँपालिकाको पूर्ण वडा विद्युतीकरण घोषणा गरिएको हो। 

मकवानपुरको विकट मानिने राक्सिराङमा ५ हजार घरधुरी रहेको अझै १५ सय भन्दा धेरै घरहरुमा विजुली पुग्न बाँकी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad