बागमती


मकवानपुरमा रास्वपाले गर्‍यो ‘क्लिन स्विप’, क्षेत्र नम्बर १ मा प्रकाश गौतम विजयी

मकवानपुरमा रास्वपाले गर्‍यो ‘क्लिन स्विप’, क्षेत्र नम्बर १ मा प्रकाश गौतम विजयी

मकवानपुर १ मा विजयी प्रकाश गौतम


नेपालखबर
फागुन २४, २०८२ आइतबार १३:२०, हेटौँडा

मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम विजयी भएका छन्।

उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २१ हजार ९९५ मतले पछि पार्दै प्रतिनिधि सभा निर्वाचन जितेका हुन्। 

विजयी गौतमले ३६ हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी डिना  १४ हजार ३८ मतमा रोकिइन्। 

यस्तै नेकपा एमालेका रामेश्वर रानाले १२८३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतमले १० हजार ८८८ मत प्राप्त गरेका छन्।

यस्तै तेस्रो नम्बरमा रहँदै उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत पाएका छन्। 

२०७९ को चुनाव जितेका राप्रपाका दीपकबहादुर सिंह भने यसपटक चौथो स्थानमा खुम्चिएका छन्। उनले जम्मा ४ हजार ५७४ मत ल्याएका छन्। 

यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको थियो।

विजयी गौतम रास्वपा मकवानपुर जिल्लाको कार्यवाहक सभापति हुन्।

उनी मकवानपुरको होटल व्यवसायीसमेत हुन्।

यस्तै मकवानपुर २ मा पनि रास्वपाकै उम्मेदवार प्रशान्त उप्रेती विजयी भइसकेका छन्।

यससँगै मकवानपुर रास्वपाले क्लिन स्विप गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad