ad ad

कारोबार


हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरको समय सकियो

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरको समय सकियो

नेपालखबर
मंसिर १९, २०७८ आइतबार १४:५, काठमाडौँ

हिमालयन बैंक र इनभेष्टमेन्ट बैंकको लागि तोकिएको समयसीमा सकिएको छ। नेपाल राष्ट्र बैंकले मर्जरको लागि थप गरेको समय आज सकिएको हो। 

यसअघि असोजसम्ममा मर्जर भइसक्ने प्रतिबद्धता दुवै बैंकले जनाएका थिए।

तर अडिटमा समय लागेको भन्दै दुवै बैंकले समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेका थिए। यसअनुसार आजसम्मको लागि समय दिइएको थियो। 

अब पुनः यी दुई बैंकले नै पत्र लेखेर राष्ट्र बैंकसमक्ष समय थपको माग गर्नुपर्ने हुन्छ। 

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएपछि मर्जरको काम अघि बढ्न सकिरहेको छैन। 

अध्यक्ष श्रेष्ठले नेपाल इन्भेष्टमेन्टसँग मर्जरमा जाँदा अनावश्यक दायित्व थप हुनेजस्ता तर्क राख्दै आएका छन्। 

महालेखा परीक्षकले इन्भेष्टमेन्ट बैंकको बेरुजु देखाएको तथा स्वाप रेसियो समेत हिमालयन बैंकको राम्रो रहेकोले तत्काल मर्जरमा जाँदा सेयरधनीहरुलाई समेत घाटा हुने तर्क उनले राख्दै आएको एक सञ्चालक समिति सदस्यले जानकारी दिए। 

उनले भने, ‘श्रेष्ठ अध्यक्ष भएपछि मर्जरको काम नै अघि बढेको छैन। मर्जर प्रक्रिया अघि नै बढ्न नसक्ने सम्भावना समेत देखिन थालेको छ।’

याे पनि -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .