कारोबार


निजी क्षेत्रविना आर्थिक गतिविधि सुदृढ हुन सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

निजी क्षेत्रविना आर्थिक गतिविधि सुदृढ हुन सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:५०, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रविना आर्थिक गतिविधि सुदृढ हुन नसक्ने बताएका छन् । उनले निजी क्षेत्र अर्थतन्त्रको मुहान रहेकाले यो क्षेत्र सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन नसक्ने जिकिर गरे । 

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने, ‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो । मुहान सुदृढ नभईकन आर्थिक गतिविधि विस्तार पनि हुन सक्दैन। उद्यमशीलता लगानी राजस्व परिचालन र रोजगारी सिर्जना हुन सक्दैन, मुहानको संरक्षण र संवर्द्धनमा हामी सबैले केन्द्रित हुनुपर्ने आजको आवश्यकता रहेको छ ।’

उनले आर्थिक वृद्धि सम्भव पार्नका लागि चार स्तम्भ आवश्यक रहेको बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको  १६ औ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले भने, ‘सरकारले नीति बनाउने र निजी क्षेत्रले अर्थतन्त्र चलाउने हो । नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सुनिश्चित गर्ने हो । यो चार स्तम्भको सहकार्य बिना आर्थिक वृद्धि सम्भव छैन ।’ 

नेपालको अर्थतन्त्र अहिले आर्थिक सङ्क्रमणको मोडमा रहेकाले निजी क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको उनले गुनासो गरे । बैंकिङ क्षेत्रमा तरलता उच्च तथा घट्दो ब्याजदर व्यवस्थापनमा चुनौती रहेको छ । यस्तो अवस्थामा लगानीको वातावरणमा अनिश्चितता बढेको छ । 

‘राजस्व संकलनको दबाबमा छ। निर्यात अभिवृद्धि र उत्पादकत्व वृद्धिजस्ता क्षेत्रमा संरचनागत आवश्यकताहरू देखिएका छन् । एकातर्फ बैंक तथा वित्तीय संस्थामा पुँजीको व्यवस्थापन गर्ने अभाव भइरहेको छ भने निजी क्षेत्रसँग अहिले पुँजीको अभाव छ’, उनले भने ।  

यस्तो परिस्थितिमा वित्तीय पत्रकारिता  केवल समाचार लेखन मात्र होइन सरोकारवाहरुलाई नीतिगत दिशा देखाउने मार्गदर्शन पनि रहेको उनले औँल्याए । 

बैंक तथा वित्तीय संस्था र व्यवसायीहरूको आर्थिक विश्लेषणबाट पुनर्तालिकीकरण गर्न पाए भने यसले धेरै उद्यमी व्यवसायीहरूमा आत्मविश्वास सिर्जना गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad