कला


धरौटीमा रिहा भए शाहरुख पुत्र आर्यन खान

धरौटीमा रिहा भए शाहरुख पुत्र आर्यन खान

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार १७:३०, काठमाडौँ

क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेका शाहरुख खान पुत्र आर्यन खान २६ दिनपछि रिहा भएका छन्। 

२ नोभेम्बरमा बाबु शाहरुखले जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिन अगाडि अदालतको आदेश शाहरुखका लागि अग्रिम उपहार भएको छ। उनी अब आफ्ना छोरा आर्यनसहित जन्मदिन मनाउने छन्। 
अदालतले आर्यनका अलावा मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई पनि जमानत दिएको छ। तर अदालतबाट अहिलेलाई आदेशको प्रति आइनसकेकाले आर्यन शुक्रबार मात्रै रिहा हुनेछन्। 

आर्यनलाई २ अक्टोबरमा हिरासतमा राखिएको थियो। उनलाई ७ अक्टोबरमा न्यायिक हिरासतमा लिइएको थियो। ८ अक्टोबरमा आर्यनलाई अदालतले जेल पठाइदिएको थियो। उनलाई बिहीबार उच्च अदालतले जमानत दिएको हो। 

बिहीबार बम्बे उच्च अदालतमा सुनुवाइ भएको थियो। अपरान्ह पौने ५ बजे अदालतले यस मामिलामा फैसला दिएको हो। 

आरोपितको जमानतको विरोध गर्दै एनसीबीका एडिशनल सलिसिटर जनरल अनिल सिंहले रिहा नगर्न भनेका थिए। तर अदालतले तीनै आरोपीलाई जमान दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad