कला


सलमानलाई एक पूर्वप्रेमिकाको चेतावनी : एक दिन तिम्रो पनि पर्दाफास हुनेछ

सलमानलाई एक पूर्वप्रेमिकाको चेतावनी :  एक दिन तिम्रो पनि पर्दाफास हुनेछ

नेपालखबर
चैत १६, २०७८ बुधबार २०:१९, काठमाडौँ

बलिउड अभिनेता सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले उनीप्रति आक्रोश पोखेकी छन्। 

धेरै जनासँग प्रेम प्रसंग चले पनि अहिलेसम्म अविवाहित सलमान बलिउडको ‘हार्वी विनस्टिन’ भएको आरोप लगाउँदै उनले ‘सत्यता’ सार्वजनिक गर्ने चेतावनी दिएकी हुन्। 

‘मैने प्यार किया’को एक दृश्यको स्क्रिनसट सेयर गर्दै सामाजिक सञ्जालमा सामेलीले लेखेकी छन्, ‘बलिउडका हार्वी विनस्टिन, एक दिन तिम्रो पनि पर्दाफास हुनेछ। जो महिलाहरूलाई तिमीले दुर्व्यवहार गर्‍यौ, एकदिन उनीहरूले सबै सत्य खुलाउने छन्। जसरी ऐश्वर्या राय बच्चनले बोलिन्, अरू पनि बोल्नेछन्।’

हार्वी विनस्टिन हलिउडका चर्चित निर्माता हुन्। महिलालाई दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, यौनशोषण गर्ने आरोप उनलाई लागेको थियो। उनीविरूद्ध हलिउडका केही चर्चित अभिनेत्रीसहित सयभन्दा बढी महिलाले यौन शोषणको अभियोग  लगाएका थिए।

त्यस मुद्दामा उनलाई अदालतले २३ वर्ष जेल सजाय तोकेको  थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad