पछिल्लो समय नेपाली फिल्म उद्योगमा सुपरस्टारको ट्याग पाएका अभिनेता हुन् अनमोल केसी। अनमोल स्टार चलचित्र ‘ए मेरो हजुर ४’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउँदै छ। फिल्मको प्रचारमा रहेका अनमोल आफूलाई मन नपराउनेहरुले भुल्न थालेकोमा चिन्तित देखिएका छन्।
आफ्ना ‘हेटर्स’हरुले भुल्न आँटेको जस्तो लागेको बताउँदै अनमोल भन्छन् ‘कृपया मलाई नबिर्सनु होला । तपाईहरुले बिर्सनु भयो भने म मात्तिन सक्छु।’ आफैं सामाजिक सञ्जालमा सक्रिय छैनन् अनमोल। तर, उनलाई लिएर बनाइएका ट्रोल भने प्रशस्तै भेटिन्छन्।
सामाजिक सञ्जालमा उनको अभिनय कमजोर भएको भन्दै आलोचना हुने गरेको छ। आफ्नो आलोचनालाई सकारात्मक रुपमा लिने अनमोल भन्छन् ‘आलोचनाले नै मैले आफूलाई निखार्ने मौका पाएको हुँ।’
अनमोलले होस्टेल, जेरी रिलिज ताका अभिनयलाई लिएर निक्कै आलोचना खेपेका थिए। उनले त्यही आलोचनाका कारण आफ्नो अभिनय कमजोर रहेको बताए। उनी भन्छन् ‘मान्छे कहिले पनि पूर्ण हुन सक्दैन । हरेक मानिसले पूर्णताको नजिक पुग्ने कोशिस गर्ने हो। म पनि त्यहि कोशिसमा छुँ।’
Shares

प्रतिक्रिया