अभिनेत्री नीता ढुङ्गाना र हरिहर अधिकारीले बनाउन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’को दृष्य बलिउड छायांकारले खिच्ने भएका छन्।
नीताको नीता फिल्म्स र बलिउड छायांकार कबीर लालबीच भर्चुअल सम्झौता भएको छ।
बलिउडका थुप्रै हिट चलचित्रको छायांकन गरेका कबीरले ‘ह्रस्वदीर्घ’ छायांकनका लागि ५० लाख भारु पारिश्रमिक लिने बताइएको छ।
‘ह्रस्वदीर्घ’ नेपाली र हिन्दी दुबै भाषामा बनाउने तयारीका कारण कबीरलाई चलचित्रमा अनुबन्धन गरिएको नीताको भनाइ छ।
कबीर यो चलचित्रमा भित्रिएसँगै चलचित्रको लगानी बढेर ११ करोड पुगेको बताइएको छ।
यो फिल्म नीता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर निर्माण गर्न लागेको हो।
‘ह्रस्वदीर्घ’मा नीताका साथमा हरिहर अधिकारी र सलोन बस्नेतले अभिनय गर्ने भएका छन्।
आगामी साउनबाट छायांकनमा जाने यो चलचित्र चन्द्र पन्तले निर्देशन गर्नेछन्।
Shares

प्रतिक्रिया