बलात्कार मुद्दामा अभिनेता पल शाह पक्राउ परेदेखि नै चिन्तित अभिनेत्री पूजा शर्मा आज अदालतमा पीडितले बयान फेरेपछि खुसी भएकी छन्।
पीडित भनिएकी नाबालिगले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा आफूले दबाब र प्रभावमा परेर त्यस्तो आरोप लगाएका तर पलले बलात्कार नगरेको भन्दै बयान फेरेकी हुन्। उनका बुवाले सोही बेहोरोको बकपत्र दिएका छन्।
यो खबरले नायिका पूजा शर्मा निकै खुसी भएकी हुन्।
उनले घटना नखुलाई फेसबुकमा अंग्रेजीमा यति मात्र लेखेकी छन्, ‘थ्याङ्क्यु गड (धन्यवाद भगवान्)।’

1.3k
Shares

प्रतिक्रिया