कोरोनाका कारण लामो समय थन्किएर बसेका चलचित्र धमाधम निर्माण हुन थालेका छन्। हलमा पनि दर्शकको बाक्लो उपस्थिति देखिन थालेको छ।
सबै कलाकार पुरानै लयमा फर्किन नसके पनि केही कलाकार भने कोरोनाअघिकै लयमा फर्किसकेका छन्। कलाकार दयाहाङ राई पनि पुरानै लयमा फर्किसकेका छन्।
अहिले चलचित्र ‘२ नम्बरी’को छायांकनमा ब्यस्त दया अर्को चलचित्रको तयारीमा छन्। चुनाव सकिएलगत्तै उनी अर्को चलचित्र ‘के घर के डेरा’को छायांकनमा निस्कने छन्।
दिपेन्द्र के खनालको निर्देशनमा बन्ने यो चलचित्र आगामी जेठको २ गतेबाट फ्लोरमा जाने तयारीमा छ। सुटिङमै ब्यस्त भएपछि दयाले प्रदर्शनको तयारीमा रहेका चलचित्रको प्रचारमा समय दिन पाएका छैनन्।
दयाले अभिनय गरेको चलचित्र ‘कबड्डी ४’ प्रदर्शनको तयारीमा छ। आगामी जेठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको प्रचारमा दयाले समय दिन नसकेको कुरा स्वीकार गरेका छन्।
Shares

प्रतिक्रिया