कला


घरेलु बक्स अफिसमा पछारिए लक्का जवान र षट्कोणः हलिउडको आक्रामक ओपनिङ

घरेलु बक्स अफिसमा पछारिए लक्का जवान र षट्कोणः हलिउडको आक्रामक ओपनिङ

नेपालखबर
बैशाख २५, २०७९ आइतबार १३:६, काठमाडौँ

गत शुक्रबारबाट हलमा लागेको नेपाली कथानक चलचित्र ‘लक्का जवान’ले बक्स अफिसमा कमजोर ओपनिङ गरेको छ। 

‘लक्का जवान’ सँगै हलमा लागेको ‘षट्कोण’ले पनि राम्रो कमाइ गर्न सकेन। दुई नेपाली चलचित्र घरेलु बक्स अफिसमा पछारिदा हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले भने आक्रामक ओपनिङ गरेको छ। 

शिवहरी पौड्यालले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ले १८ लाख ग्रस कलेक्सन गरेको गोपाल कायस्थले बताए। चनावी माहोलले असर गर्दा चलचित्रले अपेक्षा गरिएअनुसारको ग्रस कलेक्सन गर्न नसकेको कायस्थको भनाइ छ। 

राम्रो प्रचारप्रसारसहित प्रदर्शनमा गएको चलचित्रले सोचेजस्तो दर्शक तान्न नसकेपछि निर्वाचनको मारमा परेको भनिएको छ। यो चलचित्रमा हास्य कलाकारको ठूलो भीड देख्न सकिन्छ। फिल्मले समीक्षकको मिश्रित प्रतिक्रिया पाएको छ। 

कर्मा स्टार ‘षट्कोण’ले दुई दिनमा १० लाख ग्रस कलेक्सन गरेको छ। 

उता,  बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज’ले हाउसफुल व्यापार गरेको छ। यो फिल्मको अग्रिम टिकट बुकिङ उच्च देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad