कला


‘खहरेघाट’ मार्फत सुकुम्बासी बस्तीको कथा भन्दै किशोर अनुराग

‘खहरेघाट’ मार्फत सुकुम्बासी बस्तीको कथा भन्दै किशोर अनुराग

नेपालखबर
असार २०, २०७९ सोमबार ७:५८, काठमाडौँ

सामाजिक विषयमा आधारित कथा रहेर लेखिएकाे  टेलिचलचित्र ‘खहरेघाट’को प्रसारण सुरु भएको छ।

असार १८ गतेबाट प्रसारण सुरु गरेको यो टेलिचलचित्र हरेक शनिबार बेलुका नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। 

रंगकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लव शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोष थापा, साक्षी सिंह भण्डारी, सुमन बिष्ट, रीता थापा, शशी थापा, दिनेश खड्का लगायतको अभिनय रहेको छ। पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गरेकी हुन्। 

आनन्द प्रभाकर घिमिरेको छायांकन र समिर मियाको सम्पादन तथा शशी बिक्रम थापाको शीर्ष गीत रहेको छ। त्यस्तै,आनन्द प्रभाकर घिमिरे र हरि भण्डारी निर्माता र निदेश अधिकारी कार्यकारी निर्माता हुन् । 

दृश्यमा उतारिएको  ‘खहरेघाट’ २०६३ को नाटक महोत्सवमा पुरस्कृत भएको थियो। सोही नाटकलाई निर्देशक अनुरागले ​टेलिचलचित्रमा रुपान्तरण गरेका हुन् ।

यस टेलिचलचित्रमा ​सुकुम्बासी बस्तीको कथा देखाउन खोजिएको र देशका विभिन्न भागमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad