कला


‘प्रेमगन्ज’मा प्रेमी खोज्दै भौतारिएकी बेनिशा (ट्रेलर)

‘प्रेमगन्ज’मा प्रेमी खोज्दै भौतारिएकी बेनिशा (ट्रेलर)

नेपालखबर
साउन ११, २०७९ बुधबार ८:२७, काठमाडौँ

नेपाली कथनाक चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा २ पुस्ताबीचको माया देखाउन खोजिएको छ। भदौ ३ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्ममा सुरक्षा पन्त विशेष भूमिकामा देखिनेछिन्।

​फिल्ममा बेनिशा हमाल र तेज गिरी शीर्ष भूमिकामा देखिने छन्। सार्वजनिक ट्रेलरमा बेनिशा र तेजको प्रेमलाई देखाइएको छ। प्रेमीलाई पर्खंदा पर्खंदै हरेस खाएकी एक प्रेमीका जीवनको नयाँ मोडमा कसरी पुग्छिन् भनेर फिल्ममा देखाउन खोजिएको छ। 

सार्वजनिक ट्रेलरमा प्रेमी खोज्दै भौतारिरहेकी बेनिशाको छटपटी देखिन्छ। यो जोडीका साथमा फिल्ममा सम्पदा बानियाँ, सिम्रन खड्का, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाइली, पवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन्। 

परिच्छेद सेनको कथा, पटकथा र निर्देशन रहेको फिल्ममा किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, निर्मला लामिछानेले सयुक्त रुपमा लगानी गरेका छन्। 

हेर्नुहाेस् ट्रेलर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad