चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ।
ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञिप्तमा जनाइएको छ।
अवार्डको तीन संस्करण भव्य रुपमा सम्पन्न भइसकेको छ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुत कर्ताको रुपमा रहेको छ।
साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा २०७८ बैशाखदेखि २०७८ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जनाए।
जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए।
'नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान' भन्ने मूल नाराको साथ हुन लागेको ज्योति विकास बैंकको प्रस्तुति साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए।
साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ।
गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संचारकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।
Shares

प्रतिक्रिया