यसैसाता कलाकार मनोज गजुरेल सिस्नुपानी नेपालले आयोजना गरेको एक कार्यक्रममा महिलाको भेषमा प्रस्तुत भए।
कलाकार गजुरेलले आमा रुपमा गरेको प्रस्तुती मर्मस्पर्शी रहेको धेरैतिरबाट प्रतिक्रिया आइरहेका छन् ।
पत्रकार एवं विश्लेषक भानुभक्त आचार्यले पनि मनोज गजुरेलको कला पक्षलाई प्रशंसा गरेका छन्।
तर, उनले मनोजको आमा स्ववरुपबारे दुईवटा प्रश्न उठाएका छन्।
प्रस्तुतीले दर्शकलाई रुवाएर पनि सन्देश दिन नसकेको आचार्यको टिप्पणी छ। त्यस्तै, महिलाको कथा पुुरुषको मुखबाट सुन्नुुपर्ने विडम्बनाको अन्त्य हुन नसकेको आचार्यले टिप्पणी गरेका छन्।
आचार्यले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी उनकै शब्दमा–
युट्युबमा मनोज गजुरेलको आमा शीर्षकको प्रस्तुति हेरें । उहाँले आमाका संङ्घर्षका कथा भन्नुभएको छ। मेरी हजुरआमाको पनि यस्तै अझ कारुणिक कथाव्यथा थिए। तसर्थ, त्यसले मलाई पनि हृदयमा छुने नै भयो। नेपाली समाजमा यस्ता लाखौ कथाहरू छन् जसलाई भन्नै बाँकी छ।
यो प्रस्तुतिमाथि मेरा दुई टिप्पणीहरू छन्।
यो प्रस्तुतिले दर्शक त रुवायो तर मनोजकै अन्य प्रस्तुति जस्तै कुनै नयाँ सन्देश दिन सकेन।
रथका दुवै पाङ्ग्रा हुनु राम्रो तर नहुँदा एक्लै भए पनि हिम्मत गरेर समाजलाई अघि बढाउनु पर्छ भन्ने सन्देश हुनुपर्ने। तर, उनी पुरानो ‘विचरा नारी’ चरित्र चित्रण भो। मनोज गजुरेलजस्ता दोस्रो जनआन्दोलनका क्रान्तिकारी कमेडियनहरूबाट हामीले सामाजिक चेतनालाई उद्वेलित गर्ने अग्रगामी सोच उन्मुख प्रस्तुति अपेक्षा गर्छौं।
दोस्रो, एउटा समय थियो, जतिबेला सामाजिक सोचका कारणले महिला पात्रहरूको चरित्र चित्रण पनि पुरुषले गर्नुपथ्र्यो।
अब २१औं शताब्दीमा पनि महिला पात्रहरूको कथा उही पुरुषले भन्ने पर्ने विडम्बना सिस्नुपानी नेपाललाई किन आइपर्यो? होला, महिलाले भन्दा पुरुषले भाका मिलाएर महिलाका कथा भन्लान्। तर, भाका मिले पनि नमिले पनि महिलाको मर्मलाई महिलाले नै भन्नुपर्छ। अरुले त्यसको मर्म बुझ्ने प्रयास गर्नुपर्छ। महिलाको प्रसव वेदनाको अभिनय पुरुषले गरेर हुन्छ मनोज गजुरेलले आजसम्म गरेका कलाकारिताको म उम्दा प्रशंसक हुँ। व्यक्तिगत रुपमा उहाँको कलाकारिताप्रति मेरो अतुल्य सम्मान छ।
Shares

प्रतिक्रिया