ad ad

कला


चलचित्र ‘डिसेम्बर फल्स’को गीत फकाउनै जानिन ४ घण्टा कुरेर’ सार्वजनिक

चलचित्र ‘डिसेम्बर फल्स’को गीत फकाउनै जानिन ४ घण्टा कुरेर’ सार्वजनिक

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १८:९, काठमाडौँ

‘फकाउनै जानिन ४ घण्टा कुरेर’ बोलको गीत सार्वजनिक भएको छ।

अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ आगामी पुस १५ गतेबाट देशभर प्रदर्शन हुँदैछ।

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले चलचित्रमा सबैखाले रोमान्टिक, प्रेम, एक्शन, मिक्स रहेकाले राम्रो रहेको बताए।

उनले चलचित्रलाई निर्माण टिमले कुनै कन्जुस्याइँ नगरेको बताए।

त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रको सुटिङका क्रममा अग्रज कलाकारहरुबाट धेरै कुरा सिक्न पाएको बताइन्। उनले चलचित्र धेरै नै राम्रो बनेकाले दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए।

चलचित्र पोखरा, काठमाडौं लगायतका स्थानमा सुटिङ भएको थियो। चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .