कला


सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ बाट रिलिज हुने

सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ बाट रिलिज हुने

नेपालखबर
बैशाख १, २०८२ सोमबार १०:४८, काठमाडौँ

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ। 

नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।

सोमबार सार्वजनिक पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ। 

सार्वजनिक पोस्टरमा सौगात वैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन्। 

फिल्ममा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ ।माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ। सौगातले सिनेमामा जनयुद्धको घाइतेको भूमिका निवार्ह गरेका छन्। 

फिल्ममा  सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। 

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको ‘सिटामोल’को कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्।
 
सिनेमामा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad