कला


यस्तो देखियो ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को टप मोडल र स्विम वेयर राउन्ड

यस्तो देखियो ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को टप मोडल र स्विम वेयर राउन्ड

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १९:११, काठमाडौँ

‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को टप मोडल र स्विम वेयर राउन्ड सकिएको छ। बिहीबार काठमाडौँको होटल क्राउन इम्पेरियलमा यी दुवै सबटाइल राउन्ड सम्पन्न गरिएको हो। जहाँ अन्तिम २७ प्रतिस्पर्धीहरुले क्याटवाक गरेर फेसन देखाए।

यी दुवै सबटाइल राउन्डमा महिला र पुरुषतर्फबाट शीर्ष ८/८ समेत घोषणा गरिएको छ। जहाँ टप मोडल राउन्डबाट महिलातर्फ रिजु भट्टराई, वर्षा थापा, युक्ता सिंह, अनिशा श्रेष्ठ, दिक्षा अवस्थी, रविना जिसी, सिल्भिया शर्मा, सुम्निमा पुरी टप ८ भित्र अटाए। पुरुषतर्फ भने सिद्धार्थ तामाङ, साइरस विश्वकर्मा, अजहार आलम, जीवन कुमार उप्रेती, तेस्वाङ शेर्पा, सिजल कापली, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठ छनोट भए।

स्विम वेयर राउन्डको महिलातर्फ सुम्निमा पुरी, सिल्भिया शर्मा, अनिशा श्रेष्ठ, दिक्षा अवस्थी, रिजु भट्टराई, रविना जिसी, अञ्जना शेर्पा र मनिषा पन्त टप ८ मा परे। त्यस्तै, पुरुषतर्फ टप ८ मा जीवन तामाङ, मनिश शाह, सिद्धार्थ तामाङ, साइपस विश्वकर्मा, सिजल कापली, घनश्याम कंडेल, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठले स्थान बनाए।

स्विम वेयर राउन्डको जजको रुपमा नेसनल डारेक्टर सन्तोष उपाध्यायसहित सजिना खनाल, रोशनी चन्द्र, संस्कृति भट्ट, स्मिथ तामाङ र सुम्निमा खापुङ लिम्बु रहेका थिए। त्यस्तै, टप मोडल राउन्डमा भने सन्तोष उपाध्याय, केदार प्रसाद न्यौपाने,शिशिर वाग्ले, रोशनी चन्द्र, संस्कृति भट्ट र सुम्निमा खापुङ लिम्बु निर्णायकको रुपमा थिए।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले यस वर्षको संस्करणबाट निकै आशावादी रहेको बताए। नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य गरेका छन्।

यस प्रतियोगितमा महिलातर्फ १३ र पुरुषतर्फ १४ गरेर २७ प्रतिस्पर्धी रहेका छन्। बुधबार २४ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा फिनाले हुँदैछ। जहाँ प्रतिस्पर्धीले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस इन्टरनेशनल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad