कला


सकियो ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को छायांकन

सकियो ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को छायांकन

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १२:४५, काठमाडौँ

चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ। निर्माण पक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी दिएको हो।

यो चलचित्र छायांकन काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ। ‘सिनेमा अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ,’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ।’

सिनेमालाई हिमाल न्यौपानेको निर्देशन गरेका छन्। निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो।

‘जनै हराएको बाहुन स् सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ। चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ।

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ।

इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले भने, ‘केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो। अझै धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्ने मौका मिल्यो। म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ। यो सिनेमामा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ। यसले दर्शकको मन छोला भन्ने विश्वास छ।’

यस्तै, असोसियट निर्देशक राउतले जीवनको भोगाइमा र सम्बन्धको कथा, सिनेमाका ती पात्रहरूले गरेको संवाद र सङ्घर्षहरू जुन जनैको डोरी झौ बुन्ने प्रयास गरिएको बताए।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह(निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन्।

चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहने छ।

नवीन गुरुङ डीओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी, रहेको छ।

यो चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि अझै मिति तय भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad