कला


भारत–पाकिस्तान युद्धका कारण ‘सनम तेरी कसम २’ बाट मावरा आउट

भारत–पाकिस्तान युद्धका कारण ‘सनम तेरी कसम २’ बाट मावरा आउट

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:५९, काठमाडौँ

केही दिनअघि भारत पाकिस्तानबीच भएको युद्ध विराम हाललाई रोकिएको छ। युद्धविराम भएपनि दुइ देशबीचको स्थिति तनावपूर्ण नै छ। दुबै देशकले एकअर्काका कलाकारदेखि इन्स्टाग्राम अकाउन्ड नै प्रतिबन्ध गरे। 

दुई देशबीचको युद्धका कारण भारतीय निर्माताहरू पाकिस्तानी कलाकारलाई हटाउन थालेका छन्। हिट फिल्म ‘सनम तेरी कसम’ को दोस्रो सिक्वेलमा पाकिस्तानी अभिनेत्री मावरा होकेनलाई हटाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

दुई देशको द्वन्द्वपछि उनलाई पुनः नदोहोर्‍याउने र उनको विकल्प खोज्ने निर्णय गरेको निर्माणटिमले जनाएको छ। यसबारेमा फिल्मका निर्देशक विनय सप्रुले भने, ‘जब सनम तेरी कसम पहिलो पटक रिलिज भएको थियो, तब खासै चलेन। रि–रिलिजमा भने जबर्जस्त हिट भयो। यतिबेला सिक्वेलको सबैभन्दा ज्यादा पर्खाइ भइरहेको छ। तर, अब सिक्वेलमा मावरा होकेन भने हुने छैनन्।’

सन् २०१६ मा रिलिज भएको ‘सनम तेरी कसम’ मा मावरा र हर्षवर्धन राणे मुख्य भूमिकामा थिए। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्म बक्सअफिसमा असफल भएको थियो। यद्यपि, केही महिनाअघिको रि–रिलिजमा यस फिल्मले राम्रो कमाइ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad