कला


‘नरसिंहाः अवतार’को प्रचारमा राजेश हमाललाई भ्याइनभ्याइ, कोटीहोमदेखि हलसम्म पुगेर दर्शकसँगै नाँचे

‘नरसिंहाः अवतार’को प्रचारमा राजेश हमाललाई भ्याइनभ्याइ, कोटीहोमदेखि हलसम्म पुगेर दर्शकसँगै नाँचे

नेपालखबर
जेठ २२, २०८२ बिहिबार ११:५४, काठमाडौँ

अभिनेता राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रुपमा अगाडि बढाइरहेका छन्। फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन।

फिल्मको सिंगो टिमसहित हमाल मंगलबार पोखरा पुगे। पोखरामा जारी कोटी होममा नायक हमालले १ घन्टा समय बिताए। कोटीहोममा पुगेर उनले मनोरञ्जनसहित जीवन र दर्शनको कुरा गरे। 

कोटी होममा १ घन्टा जस्तो समय बिताएका  हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगे। हलमा पुगेका हमालले दर्शकसँग तस्वीर खिचाए, नृत्य गरे र खुशी साटे। फिल्मको बारेमा हमालले दर्शकसँग प्रतिक्रिया पनि लिए।

पोखरामा हमालको क्रेज गज्जब देखिन्थ्याे। हमाललाई फिल्मको टिमले बाजागाजा बजाएरै स्वागत गरिएको थियो। हल–हलमा बाजा बजाउँदै हमाललाई प्रवेश गराइएको थियो।

पोखरेली दर्शक हमालको उपस्थितीले दंग देखिए। हमालको साथमा फिल्मका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए।

फिल्म रिलिजसँगै हमाल यस फिल्मको प्रचारमा खुलेर देशदोडाहमा हिडिरहेका छन्। उनी केहीदिनअघि काठमाडौंसहित मोफसलका हलमा दर्शकहरुलाई भेट्न पुगिरहेका छन्। यसै फिल्मबाट हमालले आठवर्षपछि कमब्याक गरेका हुन्। जसकारण पनि उनी यस फिल्ममा सक्रिय रुपमा लागिरहेको बुझ्न सकिन्छ। 

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा रहेको यस फिल्ममा फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad