कला


‘महाराजधिराज’मा जोडिइन् उषा रजक

‘महाराजधिराज’मा जोडिइन् उषा रजक

नेपालखबर
जेठ २७, २०८२ मंगलबार ११:५९, काठमाडौँ

निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएकी छिन्। उनी अनुबन्ध भएसँगै फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ।

सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्।

‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ। फिल्ममा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।

प्रस्तुतकर्ता विराज बिष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप अन्तिम भएको हो। उनले भने, ‘हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौं। अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ। हाम्रो टोली मजबुत बनेको छ।’

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।

‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन्।

‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ। छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad