हाल पहिलो चरणको छायांकन सम्पन्न गरेको ‘बाटुलो जुन’ मा नव-कलाकार स्नेहा भट्टराई जोडिएकी छिन्। फिल्म ‘मोदीबेनी’ बाट सिनेक्षेत्रमा प्रवेश गरेकी उनी ‘बाटुलो जुन’ मा सेकेन्ड लिड अभिनेत्रीको रुपमा देखिने छिन्।
यो फिल्मको कलाकारहरुमा पहिलो चरणको छायांकन अगाडी अनमोल केसी र प्रिन्सी खतिवडाको मात्रै नाम खुलाईएको थियो। छायांकन पश्चात भट्टराई पनि रहेको खुलेको हो। उनको यो दोश्रो फिल्म हो। सहायक अभिनेत्रीको रुपमा ‘बाटुलो जुन’ मार्फत देखिने भएकी हुन्।
हाल फिल्मको पहिलो चरण छायांकन सकिएसँगै स्नेहाको पनि केही भाग छायांकन सम्पन्न भएको छ। अब बाँकी छायांकन भने भदौमा हुनेछ। सो बेला उनको अन्य भागको सुटिङ हुने जनाइएको छ।
अडिसन मार्फत आफ्नो अभिनय मन परेर अनि फिल्मको क्यारेक्टरमा आफू सुहाउने भएकोले निर्माण युनिटको रोजाईमा परेको बताइएको छ। आफूले पनि सो क्यारेक्टरलाई न्याय दिन सक्दो प्रयास गरेको र सो भूमिकाप्रती आशावादी रहेको सुनाइन्।
यो फिल्म ‘बाटुलो जुन’लाई भुवन केसीले निर्देशन गर्दैछन् भने निर्मातामा जिया केसी रहेकी छन्। फिल्म सनराइज पिक्चर्सको व्यानरमा निर्माण हुँदैछ भने यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजना निर्माण टीमको रहेको छ।
Shares

प्रतिक्रिया