केही समयदेखि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा गर्भवती भएको खबर चर्चामा छ। यस विषयमा मौनता तोड्दै उनले रमाइलो प्रतिक्रिया दिएकी छन्।
रमेश तौरानीको दिवाली पार्टीका तस्बिर सेयर गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मानव इतिहासमा सबैभन्दा लामो गर्भावस्थाको विश्व रेकर्ड मेरो नाममा छ (हाम्रो इन्टिलिजेन्ट मिडियाको हिसाबले १६ महिना पूरा भइसकेको छ)। यो सबै मैले पेटमा हात राखेर पोज दिएको कारणले हो। अन्तिम स्लाइडसम्म स्क्रोल गर्नुहोस् र हाम्रो प्रतिक्रिया हेर्नुहोस्... अनि यो दीपावलीमा चम्किरहनुहोस्।’
दुई दिनअघि सोनाक्षी र जहिर डिजाइनर विक्रम फडणीसको कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा रातो र सेतो अनारकली ड्रेस लगाएकी थिइन्।
रातो कार्पेटमा पोज दिँदै गर्दा उनले दुपट्टाले आफ्नो पेट छोपेकी थिइन्। एक भिडिओमा उनले आफ्नो पेटमा हात राखेको पनि देखिएकी थिइन्, जसले गर्दा उनी गर्भवती भएको हल्ला फैलिएको थियो।
बुधबार यो जोडी निर्माता रमेश तौरानीको दिवाली पार्टीमा उपस्थित भयो। उनीहरू मलाइका अरोराका छोरा अरहान र सोहेल खानका छोरासँग पोज दिइरहेका थिए।
यसैबीच जहिरले सोनाक्षीको पेटमा हात राखेको देखियो। त्यसपछि उनीहरू हाँसे। जसले गर्भवती भएको खबर झन फैलियो।
लामो समयको प्रेमपछि सोनाक्षी र जहिरले २०२४ मा विवाह गरेका थिए। यो जोडी प्रायः सामाजिक सञ्जालमा आफ्ना दैनिक जीवनका भिडिओ सार्वजनिक गरिरहन्छ।
Shares

प्रतिक्रिया