कला


दसैंमा रिलिज भएका नेपाली फिल्म चलेनन्, भारतीय फिल्म ‘कान्ताराः च्याप्टर १’ को कमाइ भने आक्रामक

दसैंमा रिलिज भएका नेपाली फिल्म चलेनन्, भारतीय फिल्म ‘कान्ताराः च्याप्टर १’ को कमाइ भने आक्रामक

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १३:२६, काठमाडौँ

दसैंको फूलपातीमा प्रदर्शन भएका ३ नेपाली फिल्मले घरेलु बक्सअफिसमा न्यून कमाइ गरेका छन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यी तीनै फिल्मको कूल कमाइ १३ करोड ४४ लाख ४७ हजार रहेको छ।

जुन अपेक्षित होइन्। दसैंमा रिलिज ठूला स्टारकास्ट र हाइपका बाबजुत पनि फिल्महरू खासै कमाल गर्न सकेनन्। १९ दिनसम्म पनि कुनै पनि फिल्मले ५ करोड माथिको आंकडा पार गर्न सकेका छैनन्।

यद्यपि, दसैंको दिनबाट रिलिज भएको भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ ले भने बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले १६ दिनसम्म नेपालमा हालसम्म १० करोड ४१ लाख कलेक्सन गरेको छ।

सन्तोष सेन निर्देशित ‘बलिदान’ ले ४ करोड ९८ लाख ८६ हजार ८५४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ५७ लाख ११ हजार ३५२ रुपैयाँ कमाएको छ।

त्यसैगरि, मिलन तामाङ निर्देशित ‘माइतीघर’ले ३ करोड ८८ लाख ५० हजार २३० रुपैयाँ ग्रस कमाएको छ।

‘कान्तारा: च्याप्टर १’ ले भारतभर ५२४ करोड भारतीय रुपैयाँ कमाएको छ। यस फिल्ममा ऋषभ शेट्टीसहित गुलशन देवैया, जयराम र रकिमिनी वसन्त मुख्य भूमिकामा छन्। फिल्मको लेखन तथा निर्देशन पनि ऋषभ शेट्टीले नै गरेका हुन्।

यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। ‘कान्तारा’ ले बक्सअफिसमा ४०० करोड भारू बढीको व्यापार गरेको थियो।

सन्तोष सेनको निर्देशन र लगानी रहेको फिल्म ‘बलिदान’ मा समीर भट्टको मुख्य भूमिका छ। मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ मा उपासना सिंह ठकुरी, धिरज मगर, श्यामाश्री शेर्पा, केदार घिमिरे, प्रकाश सपुत मुख्य भूमिकामा छन्।

त्यसैगरि, दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिका खड्का, प्रकाश सपुतको लिड रोल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad