कला


शोभित बस्नेतको ‘पीआर’को जापान राइट बिक्री

शोभित बस्नेतको ‘पीआर’को जापान राइट बिक्री

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १२:५३, काठमाडौँ

मंसिर अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ।

जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले वितरण अधिकार खरीद गरेको हो। फिल्मका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिए। उनले भने,‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौं। अन्य देशका फिल्म वितरकसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौं।’

निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले विदेशमा रहेका नेपाली दर्शकको चासो देखिएको छ। ‘फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ,’ उनले भने। 

हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ले पनि सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्ममा नीर शाह, गौरी मल्ल, आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन्।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad