ग्लोबल


पाकिस्तानी सैन्य बेसमा हमला, तीन जहाज क्षतिग्रस्त, नौजना आक्रमणकारी मारिए

पाकिस्तानी सैन्य बेसमा हमला, तीन जहाज क्षतिग्रस्त, नौजना आक्रमणकारी मारिए

नेपालखबर
कात्तिक १८, २०८० शनिबार २०:११, काठमाडौँ

पाकिस्तानको एक एयरफोर्स बेसमा आक्रमण भएको छ। पाक सेनाका अनुसार मियाम्वाली सहरको एयरबेसमा शनिबार हमला भएको हो।

तर उक्त हमलामा संलग्न सबै नौजना आक्रमणकारी चमपन्थीहरूको ज्यान गएको पाक सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार उक्त हमलालाई असफल बनाइएको छ त्यस्तै हमलापछि 'क्लियरेन्स अपरेशन' पनि सकिएको छ।

समाचार अनुसार, 'पीएएफ ट्रेनिङ एयरबेस मियाम्वालीमा सर्च अभियान पूरा गर्ने क्रममा सबै नौजना आक्रमणकारी मारिएका छन्। 

शनिबार बिहान एयर बेसमा हमलापछि आसपासको इलाकामा पनि सम्भावित खतरा टार्न सुरक्षा बलले एक सर्च अपरेशन चलाएका थिए।

चरमपन्थीको हमलाका क्रममा पाकिस्तानी सेनाका तीनवटा विमान पनि क्षतिग्रस्त भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .