विश्वको सबभन्दा उच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुले नेकपा एमालेको ११ औं महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेर उदाहरणीय बनेको छ।
निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठका अनुसार जिल्लाले महाधिवेशनका लागि ६ जना प्रतिनिधिको कोटा पाएको थियो। ति सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले निर्वाचित घोषणा गरिएको संयोजक श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार छनौट भएका सर्वसम्मत भएका प्रतिनिधिहरूमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोला रहेका छन्। उत्पीडिततर्फ डिबि रनपाल निर्वाचित चयन भए।
महिलातर्फका दुईजनामा कल्पना राई र मोहन कुमारी कार्की छानिएका छन्। ४० वर्ष भन्दा मुनीको युवातर्फ जगनाथ बास्तोला चयन भएको श्रेष्ठले बताए।
174
Shares

प्रतिक्रिया