कोशी


विद्युत् प्राधिकरणका कर्मचारीमाथि नगर प्रमुखद्वारा दुर्व्यवहार गरेको आरोप

विद्युत् प्राधिकरणका कर्मचारीमाथि नगर प्रमुखद्वारा दुर्व्यवहार गरेको आरोप

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १६:२०, विराटनगर

नेपाल विद्युत् प्राधिकरण, रंगेली वितरण केन्द्रका कर्मचारीहरूले सुनवर्षी नगरपालिकाका नगर प्रमुखबाट आफूहरूमाथि अमानवीय दुर्व्यवहार भएको भन्दै सुरक्षाको माग गरेका छन्।

बुधबार रंगेली वितरण केन्द्रका प्रमुखलाई एक संयुक्त निवेदन बुझाउँदै कर्मचारीहरूले काम गर्ने वातावरण नभएसम्म नगरपालिका क्षेत्रभित्रका विद्युतीय कामहरू अगाडि नबढाउने जानकारी गराएका हुन्। 

बुधबार रंगेली वितरण केन्द्रको नियमित कार्य तालिका बमोजिम लाइन काट्ने तथा बक्यौता उठाउने सिलसिलामा कर्मचारीहरू सुनवर्षी नगरपालिका पुगेका थिए।

नगरपालिकाको नाममा रहेको मिटरको बाँकी बक्यौता सम्बन्धी सूचना प्रशासन शाखामा दर्ता गराई फर्किने क्रममा नगर प्रमुख श्याम प्रसाद राजवंशीले प्राधिकरणका कर्मचारीहरू जनक भट्टराई र विनोद हरिजनलाई आफ्नो कार्यकक्षमा बोलाएर गाली गलौच गरेको उनीहरूको आरोप छ। 

छलफलकै क्रममा नगर प्रमुख राजवंशीले आफ्नो पदीय मर्यादा विपरीत कर्मचारीहरूमाथि गालीगलौज गर्ने, लात्ताले हान्ने धम्की दिने र भौतिक आक्रमणको प्रयास समेत गरेको निवेदनमा उल्लेख छ। 

नेपाल सरकारका कर्मचारीमाथि कार्यस्थलमै भएको यस्तो अमानवीय व्यवहारप्रति रंगेली वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरूले भर्त्सना गरेका छन्।

पीडित कर्मचारीहरूले नगर प्रमुखले आफ्नो गल्ती स्वीकार गर्दै आत्म–आलोचना र क्षमा याचना नगरेसम्म सुनवर्षी नगरपालिका भित्रका कुनै पनि विद्युतीय समस्या समाधान गर्ने वा अन्य प्राविधिक कार्यमा आफूहरू असुरक्षित रहेको बताएका छन्। 

काम गर्ने उपयुक्त वातावरण सुनिश्चित नहुन्जेल उक्त पालिकामा सेवा प्रवाह नगर्ने जानकारी सहित कर्मचारीहरूले सामूहिक हस्ताक्षर गरेर केन्द्र प्रमुखलाई जानकारी गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad