राजनीति


सत्ता गठबन्धनको निष्कर्ष : एसपीपीले नयाँ तरंग ल्यायो, जनताको राष्ट्रवादको भावनालाई उचित सम्बोधन गर्नुपर्छ

सत्ता गठबन्धनको निष्कर्ष : एसपीपीले नयाँ तरंग ल्यायो, जनताको राष्ट्रवादको भावनालाई उचित सम्बोधन गर्नुपर्छ

समाजवादी पत्रकार संगठनले गरेको अन्तरक्रियामा माधवकुमार नेपाल। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार ५, २०७९ आइतबार १५:१७, काठमाडौँ

पाँचदलीय सत्तागठबन्धनले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)ले नयाँ तरंग ल्याएको निष्कर्ष निकालेको छ। 

आज समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकसँग अन्तर्क्रियामा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरुबीच एसपीपीले नयाँ तरंग ल्याएकाले यसलाई उचित सम्बोधन गर्नुपर्ने निर्णय भएको बताएका हुन्। 

नेता नेपालले भने, ‘एसपीपीले नयाँ तरंग ल्याएको छ। जनतामा रहेको राष्ट्रवादको भावनालाई उचित सम्बोधन गर्नुपर्छ।’ 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुको बैठकले गठबन्धन कायम राखेर सहकार्य जारी राख्ने निर्णय पनि गरेको उनले अन्तर्क्रिया कार्यक्रममा जानकारी दिए। 

त्यस्तै पाँचदलको बृहत् बैठक राख्ने पनि गठबन्धनमा सहमति जुटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .