ad ad

राजनीति


बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा

बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश जबरा


नेपालखबर
भदौ १५, २०७९ बुधबार ११:१, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्।

उनीविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा उनी गएका हुन्। 

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा समितिको बैठक बसेको छ। 

महाभियोग सिफारिस समितिले जबरासँग बुधबार बयान लिने तयारी छ।

समिति गठन भएको झन्डै ६ महिनापछि यही भदाै १ गते समितिको पहिलो बैठक बसेको थियो। 

बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामा छलफल गरेको थियो। 

महाभियोग सिफारिस समिति ११ सदस्यीय छ।

जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .