ad ad

राजनीति


मंसिर ४ पछि पनि कांग्रेसकै नेतृत्वमा सरकार, प्रधानमन्त्रीमा देउवा : प्रवक्ता महत

मंसिर ४ पछि पनि कांग्रेसकै नेतृत्वमा सरकार, प्रधानमन्त्रीमा देउवा : प्रवक्ता महत

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १६:१९, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ को निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले नै लिने बताएका छन्। 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न निर्वाचनपछि सरकारको नेतृत्व कांग्रेसले लिने स्पष्ट पारेका हुन्। 

निर्वाचनपछि स्वाभाविक नेतृत्व कांग्रेसको हुने र कांग्रेसभित्र पनि सभापति शेरबहादुर देउवा नै नेतृत्वमा रहने उनले बताए

‘नेपाली कांग्रेसको नेतृत्व आवश्यक छ भनेर नै गठबन्धन बनेको हो,’ प्रवक्ता महतले भने, ‘निर्वाचनपछि स्वाभाविक नेतृत्व नेपाली कांग्रेसको हो। नेपाली कांग्रेसभित्र स्वाभाविक नेतृत्व शेरबहादुर देउवाको हो भन्नेमा दुई मत नै छैन।’

प्रतिनिधिसभाका १६५ मध्ये ९१ मा कांग्रेस र ७४ मा सत्ता साझेदार दलका उम्मेदवारहरु रहेका कारण पनि गठबन्धनको नेतृत्व कांग्रेसको भएको उनले बताए।  

‘१६५ मध्ये ९१ मा हामीले र ७४ सिटमा गठबन्धनका अन्य दलको उम्मेदवारी छ। यसले स्वाभाविक नेतृत्व नेपाली कांग्रेसको हो,’ महतले भने, ‘ प्रदेशतर्फ पनि १७८ सिटमा हामीले लडेका छौँ। १५२ सिट अन्य गठबन्धन दलका साथीहरु लड्नुभएको छ। त्यसकारण नेतृत्वदायी भूमिका नेपाली कांग्रेसको छ भन्ने कुरामा दुई मत छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .