ad ad

राजनीति


जनमत पार्टीको केन्द्रीय कमिटी बैठक पहिलो पटक काठमाडौंमा

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक पहिलो पटक काठमाडौंमा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १४:२, काठमाडौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ।

काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा बिहीबार बिहान १० बजेदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो।

मंसिर ४ मा भएको निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि पहिलो पटक जनमतको केन्द्रीय कमिटी बैठक काठमाडौंमै राखेको हो। 

२०७५ चैतमा गठित यो पार्टीले केन्द्रीय समिति बैठक मधेश प्रदेशको राजधानी जनकपुरमा राख्ने गरेको थियो। 

जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट जितेको छ। बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। 

जनमतका अध्यक्ष राउत सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। समानुपातिकका ५ सिटबारे पनि यो बैठकले निर्णय गर्ने बताइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .