राजनीति


सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

नेपालखबर
असोज ९, २०८२ बिहिबार १८:५७, काठमाडौँ

सरकारको प्रवक्तामा सञ्चार तथा सूचनामन्त्री जगदीश खरेललाई तोकिएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। 

बैठकपछि सरकारका प्रवक्ता, सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई तोकिएको बताए।

यसअघि सरकारले ऐन ल्याएर जिल्ला प्रशासनमार्फत दर्ता र नवीकरण गर्ने निर्णय गरेपछि विवाद भएको थियो। 

यस्तै, सरकारले सरकारले सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad