राजनीति


प्रचण्ड भन्छन्- अहिले पनि अहंकार गरे दुर्भाग्य हुन्छ, राष्ट्रिय सहमति गरेर जाऊँ

प्रचण्ड भन्छन्- अहिले पनि अहंकार गरे दुर्भाग्य हुन्छ, राष्ट्रिय सहमति गरेर जाऊँ

तस्बिरः सरोज नेपाल


नेपालखबर
असोज २४, २०८२ शुक्रबार १४:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझैँ पनि अहंकार गरेर एक अर्कालाई दोषारापण गर्ने हो भने देशका निम्त दुर्भाग्यपूर्ण हुने बताएका छन्। 

शुक्रबार सम्पादकहरुसँगको संवादमा उनले हिजोका सबै सहयात्री र अहिलेका जेनजी समेत मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने समेत मत राखे।

‘अहिले पनि अहंकार गरेर एकले अर्कालाई दोषारोपणतिरै जाने हो भने यो राष्ट्रको निम्ति, देशको निम्त दुर्भाग्यपूर्ण हुन जान्छ,’ प्रचण्डले भने, ‘त्यसकारण म सबै साथीहरुलाई यो विषयमा राष्ट्रिय सहमति बनाउन र जाऊँ।’

उनले हिजोको सहयात्रीहरू र अहिलेका जनेजीबीचको राष्ट्रिय सहमतिबाटै चुनाव र संविधान संशोधनको वातावरण बनाउनुपर्नेमा जोड दिए।

‘हिजोको शान्ति सम्झौताका सहयात्रीहरू, संविधान सभाका सहयात्रीहरू, गणतन्त्रका सहयात्री सबै र अहिले जेनजी आन्दोलनमा सुशासन चाहियो, भ्रष्टाचार रोकिनुप¥यो भन्ने ती युवा पुस्तालाई समेत विश्वासमा लिएर एउटा राष्ट्रिय सहमतिबाट चुनावको वातावरण बनाऊ,’ प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिबाट संविधान संशोधनको बाटोमा, राष्ट्रिय सहमतिबाट यो राष्ट्रको स्वाधिनता र स्वाभिमान रक्षा र सुदृढीकरणमा एक हुनुको विकल्प छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad